‘रेस्ट अफ वर्ल्ड’का प्रधानसम्पादक अनुप काफ्लेले राजीनामा दिने घोषणा गरेका छन्। ६ वर्ष प्रकाशनमा काम गरेका काफ्लेले अप्रिल महिनाको अन्त्यसम्ममा सो जिम्मेवारी छाड्ने बताएका हुन्।
‘अप्रिलको अन्त्यसम्ममा प्रधानसम्पादक पद छाड्नेछु,’ उनले लेखेका छन्।
त्यसपछि परिवारसँग निकट रहन नेपाल फर्किने उनको भनाइ छ।
‘रेस्ट अफ वर्ल्ड’ले खासगरी पश्चिमा विश्वबाहिरको दुनियाँमा प्रविधिको विकासले पारेका प्रभावसम्बन्धी रिपोर्टहरू प्रकाशन गर्छ। त्यसको नेतृत्व सम्हाल्न जानुअघि काफ्ले द काठमाडौँ पोस्टका प्रधानसम्पादक थिए।
कान्तिपुर मिडिया ग्रुप (केएमजी) मा आवद्ध रहेका काफ्ले कान्तिपुर दैनिकको प्रधानसम्पादक पद खाली रहेको बेला नेपाल फर्किन लागेका हुन्।
उनले नेपाल फर्केर पत्रकारितामै सक्रिय रहने जनाएका छन्।
321
Shares

प्रतिक्रिया