दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएराति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्तीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
789
Shares

प्रतिक्रिया