समाज


रोशीको बाढीले बगाउँदा सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारीको मृत्यु

रोशीको बाढीले बगाउँदा सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारीको मृत्यु

फाइल तस्बिर


नेपालखबर
चैत १४, २०८२ शनिबार १२:९, काठमाडौँ

शुक्रबार साँझको बर्सापछि काभ्रेको रोशी खोलामा आएको बाढीले बगाएर डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। 

बाढीले बगाएर रोशी गाउँपालिका–७ का अन्दाजी ४० वर्षका कुन्साङ तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलटारले जनाएको छ। 

कार्यालयका सुपरभाइजर तामाङ रातको समयमा स्थायी रूपमा निर्माणाधीन विपी राजमार्गमा काम गर्ने मजदुर भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इप्रका मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

राति मोटरसाइकलमा सवार दुई जना खोला तर्न लाग्दा बाढीले बगाएपछि मोटरसाइकल छाडेर नजिकको स्काभेटरमा चढेका थिए। उनीहरूलाई जोगाउन जाँदा तामाङलाई बाढीले बगाएको प्रहरीले जनाएको छ। 

बाढीले एउटा मोटरसाइकल र एउटा इलेक्ट्रिक गाडी पनि बगाएको प्रहरीले जनाएको छ।   

यसैबीच शुक्रबार साँझको बर्सातका कारण बीपी राजमार्गमा यातायात अवरुद्ध भएको छ। 

शुक्रबार साँझ ६ः०० बजेदेखि राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डअन्तर्गत रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा लेदोसहितको बाढीपहिरोका कारण यातायात अवरुद्ध भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad