समाज


दाउन्नेमा अनियन्त्रित ट्रकले बस र भ्यानलाई ठक्कर दिँदा ३ जनाको मृत्यु, १५ घाइते

दाउन्नेमा अनियन्त्रित ट्रकले बस र भ्यानलाई ठक्कर दिँदा ३ जनाको मृत्यु, १५ घाइते

नेपालखबर
चैत १४, २०८२ शनिबार १२:४९, काठमाडौँ

नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका प्रहरीले जनाएको छ। 

राति करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको लु.२ ख २३५१ नम्बरको बस र ना.५च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिँदा दुर्घटना भएको हो। 

दुर्घटनापछि बस र ट्रक सडकबाट तल खसेका छन् भने पिकअप सडक किनारमा पुगेको छ।

दुर्घटनामा परी रोल्पा बागमारा बस्ने अन्दाजी २५ वर्षीय गोविन बुढा, अन्दाजी २५–२६ वर्षका एक पुरुष र बसमा च्याप्पिएका अर्का एक पुरुषको मृत्यु भएको सहायक प्रहरी वरिष्ठ उपरीक्षक तीर्थराज पौडेलले जानकारी दिए।

मृतक दुई जनाको नाम थर खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका १५ जनामध्ये १३ जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको छ भने दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad