काठमाण्डौँ महानगरपालिकाऔ १६ बुद्धमल माछापोखरी नजिक रहेको बिष्णुमति खोला किनारमा पुल निर्माणको लागि खनिएको खाडलमा एक युवक बेपत्ता भएका छन्।
बेपत्ता हुने युवकको पहिचान नखुलेको प्रहरी प्रधान कार्यालयका प्रहरी निरीक्षक हिरा थापा मगरले जानकारी दिइन्।
पुल बनाउनको लागि जग खनेको जस्तो देखिने पानी भरिएको खाल्डोमा गएको शुक्रबार नै अन्दाजी २९-३० वर्षका युवक बेपत्ता भएका हुन्।
धादिङको गल्छी गाँउपालिका- ३ घर भई हाल काठमाण्डौँको सोल्टी दोबाटो (बाफल) बस्दै आएका २३ वर्षीय सुमन बयलकोटीसँगै गएका ती युवक खाल्डोमा खसेर बेपत्ता भएका र उनको खोजी गर्दा पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।
ती युवक खाल्डोमा खसेको र खाल्डोबाट बाहिर निस्कन नसकेको खबर प्राप्त हुनासाथ प्रहरी प्रधान कार्यालयबाट प्रहरी निरीक्षक प्रमोद सिंह रायमाझीको कमाण्डमा २५ जनाको विपद् उद्धार टोली खटिएको थियो।
आवश्यक उद्धार सामग्रीहरूसहित खाल्डोबाट पानीसमेत फालेर खोजी गर्दा पनि बेपत्ता युवकलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।
तस्बिरमा हेर्नुहोस् प्रहरीको उद्धार कार्य

Shares

प्रतिक्रिया