नेपाली सेनाको सबैभन्दा उच्च स्तरको तालिम सुरु भएको छ। नेपाली सैनिक वार कलेज, नगरकोटमा सि सं १४ हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम आइतबार सुरु भएको हो।
तालिमको बलाधिकृत रथी प्रदीप जंग केसीले शुभारम्भ गरेका हुन्। नेपालमा सञ्चालन हुने सबैभन्दा उच्चस्तरको तालिममा ३५ जना महासेनानीहरू सहभागी छन्।
२०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा यस्तो तालिम सञ्चालन हुँदै आएको छ। हालसम्म यो तालिम ३७५ जना सैनिक अधिकृतले लिइसकेका छन्।
तालिमबाट अधिकृतहरूको पेशागत क्षमता, ज्ञान र आत्मविश्वास अभिवृद्धि हुने सेनाले जनाएको छ।
333
Shares

प्रतिक्रिया