समाज


नेपालमा एकसाथ तीन मौसम प्रणाली, कहाँ-कहाँ पर्ला पानी

नेपालमा एकसाथ तीन मौसम प्रणाली, कहाँ-कहाँ पर्ला पानी

नेपालखबर
चैत १६, २०८२ सोमबार ८:१६, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुको आंशिक प्रभाव साथै नेपालको पूर्वी क्षेत्रनजिक रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको मौसम महाशाखाले जनएको छ। अर्थात् अहिले नेपालमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव छ। 

महाशाखाले आज (सोमबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार अहिले कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा साधारणतया बादल लागेको छ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

यस्तो छ आजको मौसम प्रक्षेपण-

दिउँसो : देशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश सहित कोसी प्रदेशको तराई भू-भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम  वर्षा/हिमपातको सम्भावना छ।

राति : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भेगमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती,  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad