पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको गैँडाकोटमा तीनवटा सवारीसाधन आपसमा ठोकिँदा १२ जना घाइते भएका छन्।
गैँडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक आज बिहान नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको लु.प्र०१–००१ख ०९१० नम्बरको बसले गैँडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बा.प्र०१–०२८च ५००४ नम्बरको पिकअप भ्यान र सोही दिशातर्फ जाँदै गरेको बा.३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।
दुर्घटनामा ट्रक चालक रामेछाप खाँडादेवी गाउँपालिका–४ निवासी ३२ वर्षीय इन्द्र तामाङ, पिकअप चालक चितवन भरतपुर महानगरपालिका–१२ निवासी ३३ वर्षीय दर्शन काप्री र बस चालक बाँके नेपालगन्ज उपमहानगरपालिका–२० निवासी ४१ वर्षीय मोहनसिंह बलामी मगर पनि घाइते भएका छन्।
त्यसैगरी, बसमा सवार अन्य नौ जना यात्रु पनि सामान्य घाइते भएका छन्।
दुर्घटनाको खबरपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट उद्धार टोली पुगेको थियो।
घाइतेहरुलाई सशस्त्र प्रहरीले उद्धार गरि उपचारको लागि नयाँ मेडिकल कलेज चितवन पठाएको थियी। उनीहरुध्ये समान्य घाईते भएका ६ जना उपचार पश्चात फिर्ता भएका छन् भने ३ जनाको उपचार भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
हाल घटनास्थलमा पनि यातायात सञ्चालन सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया