छात्रवृत्ति र दिवाखाजाको रकम हिनामिना गरेको आरोपमा विद्यालयका प्रधानअध्यापक, व्यवस्थापन समितिका अध्यक्ष र लेखा सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्ला जिल्लाको तातोपानी गाउँपालिका-१ राँका स्थित गणेश माध्यमिक विद्यालयका अध्यक्ष तिल प्रसाद भट्टराई, प्रधानाध्यापक नरेन्द्र बहादुर महत र लेखा सहायक कृष्ण कामीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीहरूले छात्रवृत्ति वापतको रकम विगत ५ वर्षदेखि वितरण नगरेको र दिवाखाजा वापतको रकम हिनामिना गरेको अख्तियारको आरोप छ।
तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रू. १ लाख ४५ हजार ३५० रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।
Shares

प्रतिक्रिया