समाज


मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

नेपालखबर
चैत १७, २०८२ मंगलबार ६:४४, काठमाडौँ

पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। 

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे आठ महिनामा २१२ जना  सङ्क्रमित भेटिएका छन्। सबैभन्दा बढी डेङ्गुबाट हेटौँडा उपमहानगरपालिका प्रभावित छन्।

हेटौँडामा १६९ जना, भीमफेदी गाउँपालिकामा १७ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकामा नौरनौ जना, बकैयाँ गाउँपालिकामा तीन जना, बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा दुईरदुई जना सङ्क्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए। 

उनका अनुसार मकवानपुर राक्सीराङ गाउँपालिकामा पनि एक जना सङ्क्रमित भेटिएको छ। यस्तै मकवानपुरका ४८ जना स्क्रब टाइफसबाट पीडित भएका छन्। जसमध्ये हेटौँडामा मात्र २६ जना रहेको सूचना अधिकारी घिमिरेले बताए। 

जिल्लामा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सुरु गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad