समाज


आज यी स्थानमा चट्याङ, हुरी र असिनासहित वर्षा हुने सम्भावना

आज यी स्थानमा चट्याङ, हुरी र असिनासहित वर्षा हुने सम्भावना

नेपालखबर
चैत १७, २०८२ मंगलबार ८:२६, काठमाडौँ

हाल (मंगलबार बिहान) कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ भने तराईमा आंशिक बादल देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी र मधेस प्रदेशलगायत देशका पहाडी र हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल देखिनेछ।

यस क्रममा दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ।

यसैबिच आज काठमाडौँ उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए। 

‘अहिले काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ’, उनले नेपालखबरसँग भने, ‘मेघगर्जनसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’ 

यस्तै राति कोसी प्रदेशलगायत देशका हिमाली भेगको आकाशमा साधारणतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बादल देखिनेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ।

यस क्रममा राति कोसी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र  हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad