समाज


कम्बोडियामा अवैध काम गर्दै आएका १२ जना नेपाली स्वदेश फिर्ता

कम्बोडियामा अवैध काम गर्दै आएका १२ जना नेपाली स्वदेश फिर्ता

फाइल तस्बिर


नेपालखबर
चैत १७, २०८२ मंगलबार १०:५४, काठमाडौँ

कम्बोडिया पुगेर अवैध अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा काम गर्दै आएका १२ जना नेपाली स्वदेश फिर्ता भएका छन्।

विभिन्न व्यक्तिहरुको प्रलोभनमा विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरू, क्यासिनोहरूमा अनलाईन ठगि तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएकानेपालीलाई स्वदेश फिर्ता गरिएको नेपाली राजदूतावास, बैंककले जनाएको छ। 

अनलाईन ठगीसँगै कम्बोडियामा बिना भिषा बसिरहेका उनीहरुलाई राजदुतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्दार गरि गैर आवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा सोमबार कम्बोडिया नेपाल पठाइएको हो। 

उनीहरु आजै त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन्। 

कम्बोडियामा अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार कम्बोडियामा नेपाली नागरिकहरु अनलाईन ठगी लगायत गैर कानुनी काममा लगाईएको र बिना भिषा वा भिषा-अवधीभन्दा बढि समय बसिरहेका छन्।

कम्बोडियामा अवैध अवस्थामा बसिरहेका नेपाली नागरिकहरूलाई नेपाल फर्कन सहजिकरणका लागि नेपाली राजदुतावास बैंकक वा गैर-आवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरु सँग यथाशीघ्र सम्पर्क गर्न पनि दुतावासले अनुरोध गरेको छ।  

त्यसका लागि शिवराज पराजुली (+855 12 215 578),  लालसिहं खडका (+855 93 203 666), रामजी कुमार छेत्री (+855 96 346 5788 ) लाई  सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।

स्क्यामिङ्ग केन्द्रहरूमा काम लगाईएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको छ। स्क्यामिङ्ग केन्द्रहरूबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनि धेरै जनाको गुनासो गरेका दूतावासले जनाएको छ।

त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदुतावास बैंककले उद्दार गर्न बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ। सो प्रक्रियाको बृस्तित विवरण दूतावासकाे वेवसाइटमा राखिएको दूतावासले जनाएको छ।

कम्बोडियाको प्रयटनसम्बन्धि तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएका थिए।

त्यसैगरि सन् २०२२ मा १९७७ जना, सन् २०२३ मा २९४० जना, सन् २०२४ मा ६४०४ जना तथा सन् २०२५ मा ९६७6 जना नेपालीहरु कम्बोडिया गएको देखिन्छ।

नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्वोडिया, लाओस, म्यानमार थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि पनि राजदूतावासले सम्बन्धित सबैमा अनुरोध गरेको छ। 

यसअघि यही चैत ५ गते २० जना र गएको फागुन २९ गते २१ नेपाली नागरिकको पनि कम्बोडियाबाट उद्धार गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad