समाज


बलात्कार मुद्दामा १२ वर्ष कैद तोकिएका फरार युवक पक्राउ

बलात्कार मुद्दामा १२ वर्ष कैद तोकिएका फरार युवक पक्राउ

फाइल तस्बिर


नेपालखबर
चैत १७, २०८२ मंगलबार ११:३०, सर्लाही

बलात्कार मुद्दामा १२ वर्ष कैद तोकिएका एक फरार व्यक्तिलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। 

जेनजी आन्दोलनको क्रममा राैतहटबाट फरार भएका उनलाई सर्लाहीको ईश्वरपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

पक्राउ पर्नेमा रौतहटको दुर्गाभगवती गाउँपालिका-५ का २९ वर्षीय दिपेश साह सोनार छन्।

जबर्जस्ती करणी मुद्दामा १२ बर्ष कैद सजाय तोकिएका उनी जिल्ला कारागार कार्यालय रौतहटबाट गएको भदौ २४ गते अन्य कैदीसँगै जेल तोडेर फरार भएका थिए।

उनले ३ बर्ष ९ महिना कैद भुक्तान गरिसकेका प्रहरीले जनाएको छ।

जेलबाट भागेर सर्लाही आएर लुकिछिपी बस्दै आएको अवस्थामा सोमबार दिउँसो ईश्वरपुर नगरपालिका-६ बयलबासबाट साहलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक नितेश कुमार सिंहले जानकारी दिए। 

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला कारागार कार्यालय रौतहटमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad