धनुषा र कपिलवस्तुमा खोला र पोखरीमा डुबेर एक किशोर र एक शिशुको मृत्यु भएको छ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका-४ बुड्ढी गाउँ बस्ने कमल प्रसाद खनालका छोरा १४ वर्षीय तुसार खनालको सोही ठाउँमा रहेको गुडरूङ खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
पौडी खेल्ने क्रममा किशोर खोलामा डुबेका हुन्। इलाका प्रहरी कार्यालय गोरूसिंगे र प्रहरी चौकी बुढ्डीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरि धनुषाको शहिदनगर नगरपालिका(६ हरबडा बस्ने मनोज कुमार मण्डलका छोरा १५ महिने शिशुको पनि पोखरीमा डुबेर मृत्यु भएको छ।
१५ महिनाका कार्तिक मण्डलको आफ्नै घर अगाडि रहेको पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
Shares

प्रतिक्रिया