सामाजिक सञ्जालमा दुर्व्यवहार भएपछि अनिषा पराजुली साइबर ब्युरो पुगेकी छन्।
उनले बुधबार भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो पुगेर उजुरी दिएकी छन्। उनले आफूलाई गालीगलौज गर्ने, धम्की दिने र अपशब्द प्रयोग गर्ने फेसबुक प्रयोगकर्ताको सूची पनि साइबर ब्युरोमा बुझाएकी छन्।
सरकारले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ गरेपछि एमालेले विरोध प्रदर्शन गरेको थियो। त्यो प्रदर्शनमा सहभागी भएकी अनिषालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का समर्थकले सामाजिक सञ्जालमा ट्रोल गर्दै धम्क्याएका थिए।
111
Shares

प्रतिक्रिया