समाज


सामुहिक बलात्कारपछि हत्या गरिएकाहरूको न्यायको लागि माइतीघरमा प्रदर्शन

सामुहिक बलात्कारपछि हत्या गरिएकाहरूको न्यायको लागि माइतीघरमा प्रदर्शन

नेपालखबर
चैत १९, २०८२ बिहिबार १४:४६, काठमाडौँ

सामुहिक बलात्कारपछि हत्या गरिएकाहरुको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ। 

सडक संघर्ष समितिले विहीवार माईतिघरमा प्रदर्शन गरेको हो।

सामुहिक बलात्कारपछि हत्या गरिएकी ईनिशा विक रेश्मिका परियार, देवीसरा खत्री, निर्मला पन्त लगायतको न्यायको लागि प्रर्दशन गरिएको सडक संघर्ष समितिले जनाएको छ।

प्रदर्शनमा सहभागीहरूले बलात्कारीलाई फाँसी दे, महिला अधिकारको रक्षा गर, छोरी सुरक्षित भएर मात्रै समाज सुरक्षित हुन्छ, बलात्कारपछिको क्रुर हत्यारालाई हदैसम्मको सजाय एउटै ‘मृत्युदण्ड’, चुप लाग्नु अपराधलाई साथ दिनु हो, चेतावनीसहित चेतना ‘डर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनकारीले मृतकको फोटो र न्यायको माग गरिएको प्लेकार्ड तराजुमा राखेर पनि प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad