प्रधानमन्त्री बालेन्द्र शाहले निर्देशन दिएपछि मन्त्रीहरू बिहानै सिंहदरबार पुग्न थालेका छन्।
शाह नेतृत्वमा सरकार गठन भएसँगै चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट शासकीय सुधार सम्बन्धी सय बुँदे कार्यसूची पारित गरिएको थियो। सोही कार्यासूची कडाइका साथ कार्यान्वयन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग र विभागलाई सोमबार परिपत्र गरेको छ।
कार्यसूचीको कार्यान्वयनका विषयमा ताकेता गर्न मन्त्रालय, आयोग र विभागले एक सहसचिवलाई फोकल पर्सन तोकेका छन्। फोकल पर्सनमार्फत् दैनिक कामको प्रगति विवरण प्रधानमन्त्री शाहलाई बुझाइएको कर्मचारी बताउँछन्।
यता मन्त्रीहरू पनि बिहानै सिंहदरबार पुगेर कामलाई तीव्रता दिन थालेका छन्। अहिले १६ जना मन्त्री छन्। प्रधानमन्त्रीले दिएको जिम्मेवारी पूरा गर्न बिहानैदेखि खटिन थालेको मन्त्रीहरू बताउँछन्।
गृहमन्त्री सुधन गुरुङ मन्त्रालयकै क्यान्टिनमा खाना खान्छन्। कार्यालय समयभन्दा अगावै सिंहदरबार पुग्ने गरेका उनको दौडधुप बढेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि साढे नौ नहुँदै सिंहदरबार पुगिसक्छन्। उनले सिंहदरबारकै रहेको क्यान्टिनमा खाना खाने गरेका छन्।
सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री प्रतिभा रावल पनि ९ बजे नै कार्यालय पुग्ने गरेकी छन्। सक्छिन्। उनले कार्यालय खुल्नु अगावै महत्त्वपूर्ण बैठक, छलफल गर्न थालेकी छन्। मन्त्रालयको काम धेरै भएकाले पहिलो चरणको सकाएर मात्र उनले खाना खाने गरेको एक कर्मचारी बताउँछन्।
यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिना पनि बिहानै कार्यालय पुग्ने गरेको बताउँछन्। ‘प्रधानमन्त्रीज्यूको निर्देशानुसार सरकारका प्राथमिकतामा परेका सय बुँदे कार्यसूची कार्यान्वयन गराउन बिहानै मन्त्रालय आइपुग्छु,’ अहिले केही कानुनी विषयमा छलफल गरिरहेका तिमल्सिनाले भने, ‘मैले त खाना पनि यतै क्यान्टिनमा खान्छु।’
Shares

प्रतिक्रिया