समाज


मध्यपूर्वको युद्धमा अहिलेसम्म २१ नेपाली घाइते

मध्यपूर्वको युद्धमा अहिलेसम्म २१ नेपाली घाइते

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री।


नेपालखबर
चैत २०, २०८२ शुक्रबार १५:३०, काठमाडौँ

मध्यपूर्वमा जारी युद्धमा अहिलेसम्म २१ नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

शुक्रबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्वको अवस्थाबारे जानकारी गराएका हुन्। उनका अनुसार, मध्यपूर्व क्षेत्रमा जारी आक्रमणमा परी हालसम्म एक जना नेपालीको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। 

युद्धका कारण सिर्जित असहज परिस्थितिमा रहेका नेपालीको विवरण संकलन र सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म ८६ हजार ४२० जनाले आफ्नो विवरण दर्ता गराएको उनले जानकारी दिए। 

‘हाल फोन गर्ने र आफू असुरक्षित रहेको जानकारी गराउने संख्या क्रमशः कम हुँदै गएको छ। ट्राञ्जिटमा फसेका सबै नेपाली नागरिकको व्यवस्थापन भइसकेको छ,’ उनले भने। 

यस्तै, ट्रान्जिटमा फसेका सबै नेपाली नागरिकको व्यवस्थापन भइसकेको र कुवेतमा रहेका दुई नेपालीले साउदीको भिसा प्राप्त गरिसके पनि उनले बताए। उनीहरू आफ्नै इच्छाले तत्कालका लागि कुवेतमै बसेको क्षेत्रीले जानकारी दिए।

‘कुवेतमा भएका दुई जनाको साउदी भिसा स्वीकृत भइसकेको भए पनि उहाँहरू आफूखुशी कुवेतमै रहनुभएको छ,’ उनले भने।  

पछिल्लो समय मन्त्रालयको सम्पर्कमा आएर आफू असुरक्षित रहेको जानकारी गराउनेको संख्या क्रमशः घट्दै गएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad