समाज


उपमेयरको घरको छतबाट खसेर एक मजदुरको मृत्यु, अर्का घाइते

उपमेयरको घरको छतबाट खसेर एक मजदुरको मृत्यु, अर्का घाइते

नेपालखबर
चैत २१, २०८२ शनिबार ५:५१, काठमाडौँ

झापाको भद्रपुरमा घरको छतबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ। अर्का घाइते भएका छन्। 

भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने क्रममा छतबाट लडेर एक मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा भद्रपुर नगरपालिका–५ राजनचोक बस्ने ३४ वर्षीय ओपेन राजवंशी छन्। 

सङ्गम चोक बस्ने भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको दुईतले पक्की घर भत्काउने क्रममा घटना भएको हो। 

घर भत्काउने क्रममा एक्कासी घरको बिम लड्दा छतबाट खसेर राजवंशी र सोही वडाका ३५ वर्षका धर्मेन्द्र यादव घाइते भएका थिए।

दुवै घाइतेलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले राजवंशीलाई मृत घोषणा गरेका हुन्। 

यादवको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad