उदयपुर र झापामा दुईजना मृत अवस्थामा फेला परेका छन्।
उदयपुरको कटारी नगरपालिका-१ खोल्सी भन्ने ठाउँको चुरे जंगलमा एक वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ।
हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूषको शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
त्यसैगरि झापाको बुद्धशान्ति गाउँपालिका-४ जुनेली बस्तीमा पनि एक पुरुष मृत भेटिएका छन्।
स्थानीय ५० वर्षीय हस्तकुमार लिम्बु आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन्।
यी दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
315
Shares

प्रतिक्रिया