गुण्डागर्दी गरेको आरोपमा काठमाडौँको एयरपोर्ट क्षेत्रबाट १८ जना पक्राउ परेका छन्।
गुण्डागर्दीविरुद्ध सञ्चालित अपरेसनको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू विभिन्न होटल र रेस्टुरेन्टका बिचाैलिया भएका प्रहरीले जनाएको छ।
उनीहरूले हवाई यात्रुलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिने, विभिन्न प्रलोभनमा पारी आफ्नो सम्पर्कको होटलमा लगिदिने र सो बापत होटल तथा यात्रीबाट कमिसन लिने, आपसमा झगडा गरी अभद्र व्यवहार गर्ने लगायतका गतिविधि गर्दै आएका प्रहरीले जनाएको छ।
उनीहरूलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
यी हुन् पक्राउ परेका १८ जना
१) जिल्ला सर्लाही घर भई काठमाडाैँको सिनामंगल बस्ने वर्ष १८ को सूर्य माझी।
२) बाँके घर भई एयर्पोट बस्ने वर्ष २२ को एकेश तामाङ।
४) सिन्धुली घर भई नयाँबस्ती बस्ने वर्ष ३२ को राज कुमार राई।
५) मकवानपुर घर भई एयर्पोट बस्ने वर्ष ४० को मगलमान घलान।
६) पाँचथर घर भई टोखा बस्ने वर्ष ३८ को खगेन्द्र लिम्बू।
८) मोरङ घर भई एयर्पोट बस्ने वर्ष २९ को आशिस खतिवडा।
९) मकवानपुर घर भई सम्भुमार्ग बस्ने वर्ष ३४ को बिश्व मोक्तान।
१०) धनुषा घर भई एयर्पोट बस्ने बर्ष ४५ को वीरेन्द्र झा।
११) सिराहा घर भई तिलगंगा बस्ने वर्ष ६० को लडा मिया।
११) मोरङ घर भई नयाँ बसपार्क बस्ने वर्ष ४६ को पर्सुराम राई।
१२) रामेछाप घर भई भक्तपुर बस्ने वर्ष २७ को सन्तु तामाङ।
१२)धनुषा घर भई तिलगंगा बस्ने वर्ष ५३ को रघुवीर साह।
१३) महोत्तरी घर भई तिलगंगा बस्ने वर्ष ३३ को राजिब कुमार रावत।
१४) धनुषा घर भई गौशाला बस्ने वर्ष २६ को सरोज कुमार महतो।
१५) मकवानपुर घर भई गौशला बस्ने वर्ष १९ को अजय लामा।
१६) झापा घर भई सिनामंगल बस्ने वर्ष ३९ को केशब लिम्बू।
१७) बाझाङ घर भई सिनामंगल बस्ने वर्ष २० को राम प्रसाद जोसी।
१८) बजाङ घर भई कीर्तिपुर बस्ने वर्ष २९ को बिमल राज जोशी।
Shares

प्रतिक्रिया