समाज


आज यी स्थानमा चट्याङ, असिना, हुरीसहित वर्षा हुने सम्भावना

आज यी स्थानमा चट्याङ, असिना, हुरीसहित वर्षा हुने सम्भावना

सुर्खेतको वीरेन्द्रनगर-१४, बैलकाँडाको चुरे पहाड, १५ सय मिटरको उचाइबाट प्याराग्लाइडिङ गर्दै आन्तरिक पर्यटक। तस्बिरः रुपनी जि एम/रासस


नेपालखबर
चैत २२, २०८२ आइतबार ८:३४, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबार बिहान) कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ भने बाँकी प्रदेशमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा/हिमपात भइरहेको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशका हिमाली र पहाडी भेगको आकाशमा साधारणतया बादल लाग्नेछ भने बाँकी क्षेत्रमा आंशिक बादल लाग्नेछ।

यस क्रममा दिउँसो देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ/असिना/हुरीबताससहित मध्यम वर्षा/हिमपात तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा हुरीको समेत सम्भावना छ।

यसैबिच काठमाडौँ उपत्यकामा पनि आज हुरीबताससहित मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। 

मौसम महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा पनि मेघगर्जनसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो।

'साथै उपत्यकाका एक-दुई स्थानमा हुरीबतास पनि चल्ने सम्भावना देखिएको छ', उनले नेपालखबरसँग भने।

यस्तै राति देशका हिमाली भेगको आकाशमा साधारणतया बादल लाग्नेछ भने पहाडी क्षेत्रको आंशिक बादल लाग्नेछ तथा तराईमा मौसम मुख्यतया सफा रहने छ।

यस क्रममा राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा कोसी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभाग, गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ। मधेस र कोसी प्रदेशका तराई भूभागका केही स्थानमा हुरीबतासको समेत सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad