चितवनमा बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका-३ नगरवनमार्गमा गएराति करिब ११ बजे बा.प्र ०६००१ ख ०४९२ नम्बरको बसले ठक्कर दिँदा भारतीय नागरिक १० वर्षीय इरेस घोस्लेको मृत्यु भएको प्रहरीले जनाएको छ।
पार्किङका लागि बस ब्याक गर्ने क्रममा भारतको अमरावती जिल्ला, अन्जनगाउँ घर भएका इरेस गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो।
उपचारको क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनामा संलग्न बस र त्यसका सहचालक नवलपुर कावासोती नगरपालिका-१ का २५ वर्षीय प्रेमबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।
186
Shares

प्रतिक्रिया