सिन्धुलीको मरिणमा क्रेनको डोरी चुँडिएर टुचनले लाग्दा एकजना चिनियाँ कामदार गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा ३९ वर्षीय वाङसिन रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
मरिण गाउँपालिका- ४ सहनमा रहेको हिमालयन फुड चाइनिज कम्पनीमा कार्यरत उनी आइतबार दुर्घटनामा परेका हुन्।
वीरगन्ज निवासी फकिल मोहमद अंसारीले चलाएको बा.३ क ३६८९ नम्बरको क्रेनले रड उचाली रहेको अवस्थामा डोरी चुँडिदा खसेको टुचनले लाग्दा वाङसिन घाइते भएका हुन्।
अवस्था गम्भीर रहेका उनलाई जिल्ला अस्पताल सिन्धुलीबाट थप उपचारको लागि जनकपुर लगिएको थियो।
जनकपुरबाट गएराति अबेला उनलाई एयर एम्बुलेन्समार्फत् काठमाडौँ लगिएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक अशोक कुमार यादवले जानकारी दिए।
‘उपचारपछि उहाँको अवस्था सुधार हुँदै गएको जनकारी हामीलाई आएको छ,’ यादवले भने।
Shares

प्रतिक्रिया