समाज


किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी

किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी

नेपालखबर
चैत २४, २०८२ मंगलबार १४:१०, काठमाडौँ

नेकपा एमालेका महिला सांसदले पछिल्लो समयमा किशोरीहरूमाथि भएका साइबर बुलिङका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।

एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य पद्‍माकुमारी अर्याल, केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीसहित १८ महिला सांसदले भोटाहिटीस्थित ब्युरोमा पुगेर लिखित उजुरी दिएका हुन्।

सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटहरूमार्फत विशेष गरी साइबर बुलिङ, दुर्व्यवहार, अपमानजनक व्यवहार, घृणा र टीका टिप्पणीले किशोरीहरू मानसिक उत्पीडनको सिकार भएको उजुरीमा उल्लेख छ।

त्यस्तो व्यवहारले उनीहरूको आत्मसम्मान, मानसिक स्वास्थ्य तथा सामाजिक सुरक्षामा गम्भीर असर पारेको भन्दै उनीहरूले यस्ता साइबर बुलिङसम्बन्धी उजुरीको छिटो र प्रभावकारी छानबिन तथा अनुसन्धान गर्न र पीडितलाई तत्काल सुरक्षा र न्याय सुनिश्चित गर्न माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad