समाज


कांग्रेसको आधिकारिकता विवाद: सर्वोच्च अदालतमा सुरु भयो वहस

कांग्रेसको आधिकारिकता विवाद: सर्वोच्च अदालतमा सुरु भयो वहस

नेपालखबर
बैशाख ३, २०८३ बिहिबार ११:४५, काठमाडौँ

कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा वहस सुरु भएको छ। 

विशेष महाधिवेशनले चयन गरेको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षले दायर गएको रिटमाथि वसस सुरु भएको हो।

यो मुद्दामा शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा अहिले वसस चलिरहेको छ। 

आज रिट निवेदक शेरबहादुर देउवासमेतको तर्फबाट कानुन व्यावसायी र सरकारी वकिलको तर्फबाट बहस हुने छ। भोलि गगन थापा समेतको तर्फबाट कानुन व्यावसायीले बहस गर्ने गरि समय विभाजन गरिएको छ। 

सम्भवत यो मुद्दाको छिनोफानो भोलि साँझ सम्म भइसक्ने वरिष्ठ अधिवक्ता यदुनाथ खनालले जानकारी दिए। 

यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको थियो। उक्त इजलासले विपक्षीहरू विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा लगायतलाई पेसीको सूचना दिने आदेश गरेको थियो।

प्रारम्भिक सुनुवाइको क्रममा माघ ६ गते सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा केही प्रश्नको निरूपण हुन जरूरी देखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। 

विपक्षीहरू गगनकुमार थापा, विश्वप्रकाश शर्माविरूद्ध कारण देखाउ आदेश जारी गरी अग्राधिकार प्रदान गरिएको थियो।

रिट निवेदनमा कांग्रेस नेता देउवा र पूर्णबहादुर खड्काको वारेसले श्रवणकुमार श्रेष्ठले दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको भन्दै भङ्ग गर्न माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad