आज केही स्थानमा साधरणतया बादल लागेपनि मुख्यतया देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ। त्यसैगरि मधेस प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा आज मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भू–भागमा तातो दिन हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
त्यसैगरी आज राति देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Shares

प्रतिक्रिया