नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका-१६ फारमस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार दिउँसो जेसीबी र कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते भएका छन्।
झरही खोलाबाट रजहरतर्फ जाँदै गरेको ‘अनटेस्ट’ जेसीबीसँग सोही दिशाबाट नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा १८ च ३३२३ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा कार चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ का ३४ वर्षीय सागर ज्ञवाली, उनकी पत्नी ३१ वर्षीया अन्सु पौडेल, छोरा तीन वर्षीय आयान ज्ञवाली, नौ महिनाका वेदाक्ष ज्ञवाली र आमा ५६ वर्षीया कमला ज्ञवाली घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।
मोटरसाइकललाई जोगाउन खोज्दा कार जेसीबीमा ठक्किँएको एसपी खड्काले बताए। घाइतेहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन पठाइएको छ।
Shares

प्रतिक्रिया