मोरङ र बारामामा पोखरीमा डुबेर मृत्यु २ बालबालिकाको मृत्यु भएको छ।
मोरङको जहदा गाउँपालिका-५ बस्ने बसन्तलाल महतोकी छोरी ८ वर्षीया आचल महतोको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आचल जहदा गाउँपालिका-६ मा रहेको पोखरीमा डुबेकी थिइन्।
पोखरीमा डुबेपछि स्वास्थ्य अवस्था गम्भीर बनेकी उनको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरि बाराको कोल्हवी नगरपालिका-५ सखुवाबा टोलस्थित पोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रौतहटको गुजरा नगरपालिका-५ लक्ष्मीपुर घर भएका रमेश माझीका छोरा ६ वर्षीय मनिश माझी छन्।
पोखरीमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया