नेपाल–भारत सीमामा लागू गरिएको एक सय रुपैयाँभन्दा माथिको भन्सार कर नीति तत्काल खारेज गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ।
बुधबार युथ फर ट्रुथले काठमाडौँको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनकारीले सीमामा लगाइएको सो प्रावधान तत्काल खारेज गर्न माग गरेका छन्।
उनीहरूले ‘कर बढी चाहिँदैन, महँगी सहिँदैन’, ‘सीमा शोषण बन्द गर’, ‘भन्सार कर खारेज गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
सरकारले हालै नेपाल–भारत सीमामा एक सय रुपैयाँभन्दा माथिको सामानमा भन्सार कर लिने नीति लिएको छ।
उक्त नीतिले सीमाक्षेत्रका नागरिकलाई समस्या भएको भन्दै विरोध र आलोचना भइरहेको छ।
216
Shares

प्रतिक्रिया