काठमाडौँको विभिन्न क्षेत्रका सुकुम्बासी बस्तीका प्रतिनिधिहरू डोजर नचलाउन आग्रह गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन्।
बस्ती विकास र व्यवस्थापनका नाममा सरकारले डोजर चलाउने तयारी गरिरहेको भन्दै उनीहरू त्रसित छन्। रास्वपाका नेताहरूसँग भेट गरी आफूहरूको बासस्थानको ग्यारेन्टी नभएसम्म डोजर नचलाउन पहल गरिदिन आग्रह गरेका छन्।
रास्वपाका नेताहरूले पार्टीले सुकुम्बासी समस्यालाई नजिकबाट हेरिरहेको र संसदमा पनि यसबारे आवाज उठाउने आश्वासन दिएका छन्।
सरकारले नदी किनारका सुकुम्बासी बस्ती हटाउने प्रयास गर्दै आएको छ। जसका कारण सुकुम्बासी विभिन्न राजनीतिक दल र निकायको ढोका ढकढक्याउँदै आएका छन्।
54
Shares

प्रतिक्रिया