काठमाडौँका भूमिहीन तथा सुकुम्बासीलाई राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग गर्न प्रहरीले आग्रह गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना प्रकाशित गरी नक्कली सुकुम्वासी/भूमिहीन व्यक्तिहरूको पहिचान गर्न र वास्तविक सुकुम्वासी र भूमिहीनहरू एकजुट भएर राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग गर्न आग्रह गरेको हो।
‘नेपाल सरकारले सुरु गरेको सुकुम्वासी/भूमिहीन व्यवस्थापन प्रक्रिया तपाइँहरुकै उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि सञ्चालन गरिएको महत्वपूर्ण पहल हो। यसको मुख्य उद्देश्य वास्तविक सुकुम्वासीर भूमिहीनहरू पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्नु रहेको छ’ सूचनामा भनिएको छ, ‘तर, दुःख लाग्दो कुरा, केही स्वार्थी तथा टाठाबाठा व्यक्तिहरूले तपाइँहरुको नाम र हक अधिकारको दुरुपयोग गर्दै अनुचित लाभ लिने प्रयास गरिरहेका छन्।’
प्रहरीले त्यस्ता व्यक्तिहरूको कारण वास्तविक सुकुम्वासीर भूमिहीनहरू अवसरबाट वञ्चित हुने तथा राज्यबाट प्राप्त हुने सेवासुविधाबाट समेत टाढा रहनुपर्ने अवस्था सिर्जना भइरहेको भन्दै जसले गर्दा वास्तविक सुकुम्वासी र भूमिहीनहरु सधैँ अन्यायमा परिरहेका र यो समस्या जहिले पनि ज्यूँका त्यूँ रहि आएको उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया