समाज


कार ट्रकमा ठोकिँदा चालकको मृत्यु

दुर्घटनापछि ट्रक चालकले नै अस्पताल लगेका थिए घाइतेलाई
कार ट्रकमा ठोकिँदा चालकको मृत्यु

फाइल फोटो


नेपालखबर
बैशाख १५, २०८३ मंगलबार १२:२३, काठमाडौँ

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–७ हरियाली जङ्गल क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको लु.१ ख ९५८० नम्बरको चामल बोकेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ग.प्र.०१–००१ च ०४७४ नम्बरको कार आज बिहान ठोक्किएका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए। 

दुर्घटनामा कार चालक अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। 

टाउकोमा गम्भीर चोट लागेको अवस्थामा उनलाई ट्रक चालकले नै उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पु¥याएका थिए।  उपचारकै क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। 

मृतकको नाम, थर भने खुल्न बाँकी रहेको प्रहरी उपरीक्षक खड्काले जनकारी दिए। 

दुर्घटनामा संलग्न दुवै सवारीसाधन घटनास्थलमै छन् भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad