समाज


हलेसी तुवाचुङले काठमाडौँबाट विस्थापित नगरवासीलाई आवासको व्यवस्था गर्ने

हलेसी तुवाचुङले काठमाडौँबाट विस्थापित नगरवासीलाई आवासको व्यवस्था गर्ने

नेपालखबर
बैशाख २३, २०८३ बुधबार २०:३८, काठमाडौँ

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँबाट विस्थापित आफ्नो नगरपालिकाका नागरिकलाई आवासको व्यवस्था गरिदिने भएको छ।

काठमाडौँ उपत्यकाका सुकुमवासी वस्तीमा संघीय सरकारले डोजर चलाएपछि विस्थापित भएका आफ्नो नगरपालिकाका नागरिकलाई आफ्नै ठाउँमा फर्किए आवासको व्यवस्थापनमा सहयोग गर्ने नगरपालिकाकी मेयर बिमला राईले बताइन्। 

बुधबार बसेको हलेसी तुवाचुङ नगर कार्यपालिकाको बैठकले आफ्नो गाउँ फर्किन इच्छुक तर आफ्नै ठाउँमा जग्गा भए पनि बसोबासको लागि घर नभएका परिवारलाई आवास निर्माणमा सहयोग गर्ने निर्णय गरेको हो। 

आफ्नै माटोमा सम्मानपूर्वक जीवन यापन गर्न पनि नगरपालिकाले आह्वान गरेको छ। संघीय सरकारले सुकुम्वासी बस्तीसहित देशभरका सरकारी जग्गा खाली गराउने अभियान चलाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad