समाज


यी हुन् ६ वटा प्रतिष्ठानको उपकुलपतिको संक्षिप्त सूचीमा परेका ८६ उम्मेदवार

यी हुन् ६ वटा प्रतिष्ठानको उपकुलपतिको संक्षिप्त सूचीमा परेका ८६ उम्मेदवार

नेपालखबर
असार २, २०८३ मंगलबार १९:३६, काठमाडौँ

देशका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि संक्षिप्त सूचीमा ८६ जना अटाएका छन्। 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रायको मंगलबार उपकुलपतिका उम्मेदवारको संक्षिप्त सूची जारी गरेको हो। जसमध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १६ जना संक्षिप्त सूचीमा छनोट भएका छन्। 

त्यस्तै, काठमाडौँको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिका लागि २२, ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १५  र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १४ जना संक्षिप्त सूचीमा परेका छन्। 

यसैगरी, घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १२ जना र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका लागि ७ जना संक्षिप्त सूचीमा अटाएका छन्। 

सरकारले सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई अध्यादेशमार्फत पदमुक्त गरेको थियो। रिक्त रहेका पदाधिकारीका लागि खुला प्रतिस्पर्धाबाट छनोट गर्न विज्ञापन गरेको थियो। 

संक्षिप्त सूचीमा परेका उम्मेदवारले कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ। त्यसका आधारमा नियुक्ति प्रक्रिया अघि बढ्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

उपकुलपतिको संक्षिप्त सूचीमा परेका उम्मेदवार:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad