समाज


रेडक्रसमा दलका कार्यकर्तालाई पूर्ण निषेध

रेडक्रसमा दलका कार्यकर्तालाई पूर्ण निषेध

नेपालखबर
असार १५, २०८३ सोमबार १६:५६, काठमाडौँ

नेपाल रेडक्रस सोसाइटीले दलका कार्यकर्तालाई पूर्णरूपमा निषेध गर्ने भएको छ।

रेडक्रसले सोमबार एक अनुरोध पत्र सार्वजनिक गर्दै राजनीतिक दल वा त्यसको भातृसंगठनमा आबद्ध भएको भए रेडक्रसबाट अलग हुन भनिएको हो।

रेडक्रसको विधानअनुसार राजनीतिक संगठनका विभिन्न निकायका पदहरूमा रहेका व्यक्तिहरू रेडक्रसको कुनै पनि तहका समिति, आयोग र उपसमितिहरूमा सदस्य तथा पदाधिकारी रहन पाउँदैनन्।

‘विधानको यस व्यवस्थालाई आत्मसात् नगरी दोहोरो भूमिकामा रहेको पाइएमा मौजुदा विधानबमोजिम हुने व्यवहोरा जानकारी गराउन चाहन्छौँ,’ पत्रमा उल्लेख छ।

साथै रेडक्रसले यस्तो विषयहरूमा जानकारी भए तथ्यसहित इमेल गर्न पनि अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad