समाज


सप्तरी कारागारमा गोली चल्यो, प्रहरी जवान घाइते

सप्तरी कारागारमा गोली चल्यो, प्रहरी जवान घाइते

नेपालखबर
असार १९, २०८३ शुक्रबार १६:१७, काठमाडौँ

सप्तरी कारागारको सुरक्षामा रहेका एक प्रहरी जवान गोली लागेर घाइते भएका छन्।

आफ्नै सहकर्मीले बोकेको बन्दुक अचानक पड्किँदा प्रहरी जवान बिसोजित राय यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेले जानकारी दिए।

प्रहरी जवान अजयकुमार मेहताले बोकेको बन्दुक पड्किएको हो। उनलाई सप्तरी प्रहरीको नियन्त्रणमा राखिएको छ।

डीएसपी घिमिरेका अनुसार घटना बुधबार राति झन्डै साढे ११ बजे भएको हो।

यादवको ढाडमा गोली लागेको छ। यादवलाई सुरुमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका लागि लगिए पनि थप उपचारका लागि धरानस्थित घोपा क्याम्प लगिएको डीएसपी घिमिरेले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad