समाज


राशिफल २० असार: कर्कटको कार्यक्षेत्रमा प्रतिस्पर्धा, तुला विवादमा पर्ने, तपाईँको दिन कस्तो?

राशिफल २० असार: कर्कटको कार्यक्षेत्रमा प्रतिस्पर्धा, तुला विवादमा पर्ने, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
असार २०, २०८३ शनिबार ३:२५, काठमाडौँ

शनिबार, २० असार २०८३ (४ जुलाई २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: लामो समयदेखि रोकिएका कार्य पुनः अघि बढाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ र आत्मविश्वास पनि बढ्नेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६३, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृष: मनमा शान्ति र सन्तुष्टिको अनुभूति हुनेछ। सहयोगी तथा शुभचिन्तकको साथले कार्यहरू सहज रूपमा सम्पन्न हुनेछन्। परिवारसँग रमाइलो समय बिताउने अवसर प्राप्त हुनेछ। स्वादिष्ट भोजनको योग छ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६९, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

मिथुन: रोकिएका कार्यले गति लिनेछन्। नजिकका व्यक्तिको साथ र सहयोग प्राप्त हुनेछ। प्राविधिक तथा व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँग खुसियालीका क्षण बित्नेछन्।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६९, वैदेशिक कार्यमा ६४ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कर्कट: कार्यक्षेत्रमा प्रतिस्पर्धा र चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। स्वास्थ्यप्रति लापरवाही नगर्नु उचित हुनेछ, नत्र उपचारमा खर्च बढ्न सक्छ। निरन्तर प्रयासपछि मात्र काममा सफलता मिल्नेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ३८, वैदेशिक कार्यमा ५० र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

सिंह: अध्ययन तथा परीक्षामा सकारात्मक नतिजा आउने सम्भावना छ। प्रेमी वा जीवनसाथीको साथ र सहयोग मिल्नेछ। लामो यात्रा सफल रहनेछ। खानपिनमा संयम अपनाउनु आवश्यक छ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६३, वैदेशिक कार्यमा ६८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कन्या: अड्किएका कार्य पुनः अघि बढ्नेछन्। प्रेम तथा दाम्पत्य जीवनमा आत्मीयता बढ्नेछ। सम्मान तथा आतिथ्यता प्राप्त हुने सम्भावना छ। आफन्त वा इष्टमित्रसँग पुनर्मिलन हुनेछ। नयाँ वस्त्र वा अलङ्कार प्राप्त हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६७, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

तुला: स्थान परिवर्तन वा टाढा यात्राको सम्भावना देखिन्छ। पारिवारिक भेटघाटमा समय बित्नेछ। घरमा अतिथिको आगमन हुनसक्छ। बोलचालमा संयम अपनाउनु आवश्यक हुनेछ। अन्यथा सामान्य विवादको अवस्था आउन सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६८, वैदेशिक कार्यमा ६० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

वृश्चिक: लाभहानि, आयव्यय सन्तुलित रहनेछ। हतारभन्दा विवेकपूर्ण निर्णयले सफलता दिलाउनेछ। साथीभाइको साथले मन हलुका हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४४, वैदेशिक कार्यमा ४० र शिक्षामा ४४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

धनु: कर्मशील व्यक्तिहरूका लागि दिन उपलब्धिमूलक रहनेछ। आफन्तको प्रगति देखेर मन प्रसन्न हुनेछ। व्यापार–व्यवसायमा सामान्य लाभ मिल्नेछ। मध्याह्नपछि घरायसी तथा सानातिना जिम्मेवारीमा व्यस्त रहनुपर्ने अवस्था आउन सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६७, वैदेशिक कार्यमा ५३ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

मकर: ज्ञान, विवेक र बौद्धिक क्षमतामा वृद्धि हुनेछ। योजनाअनुसार कार्य सम्पन्न हुँदा मन प्रसन्न रहनेछ। धर्म, संस्कृति, कला तथा साहित्यप्रति रुचि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ७८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ: नजिकका व्यक्तिबाट कार्यमा केही अवरोध आउन सक्छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु बुद्धिमानी हुनेछ। अध्ययनमा अपेक्षित प्रगति नदेखिए पनि सकारात्मक सोच र सत्कर्मले बिस्तारै सफलता दिलाउनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ५७, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मीन: अनावश्यक विवादको सम्भावना रहेकाले बोलचालमा विशेष संयम अपनाउनु उचित हुनेछ। आफूलाई राम्रोसँग नआएको काममा हतारमा हात हाल्नु ठिक हुने छैन। मध्याह्नपछि रोकिएका तथा अधुरा काम क्रमशः पूरा हुनेछन्।

भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४४, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad