कोरोना निको भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना डिस्चार्ज भएका छन्।
झापाका १७ पुरुष र सुनसरीकी एक महिला कोरोना संक्रमणबाट मुक्त भएका हुन्। उनीहरूलाई सोमबार राति डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ।
त्यस अवसरमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईसहित अस्पतालका चिकित्सक तथा स्वास्थ्कर्मीहरुले उनीहरूलाई पुष्पगुच्छा दिई विदाइ गरेका थिए।
अब प्रतिष्ठानमा ८० संक्रमित र शंकास्पद ५ जना आइसोलेसनमा रहेको चिकित्सकले जनाएका छन्।

प्रतिक्रिया