समाज


जुलियन असान्जमाथिको अभियोग बढाउँदै अमेरिकी न्याय विभाग

जुलियन असान्जमाथिको अभियोग बढाउँदै अमेरिकी न्याय विभाग

नेपालखबर
असार ११, २०७७ बिहिबार १०:४१,

असान्जमाथि यसअघि नै अमेरिकाले १८ वटा अभियोग लगाइसकेको छ र पछिल्लो अभियोग अतिरिक्त अभियोग नभए पनि यसअघिका मुद्दालाई थप बल पु¥याउनेतर्फ केन्द्रित छ।

न्याय विभागले अद्यावधिक गरेको अभियोगमा असान्जले लल्जसेक र एनोनिमस ह्याकर समूहका मानिसलाई अमेरिकी गुप्तचर सामग्रीमा सम्पर्क स्थापित गर्न प्रयोग गरेको उल्लेख छ।

न्याय विभागले जारी गरेको वक्तव्यमा विकिलिक्सले एउटा नेटो मुलुकको सरकारी कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच हासिल गरेको उल्लेख छ।

असान्जमाथि अफगानिस्तान र इराकमा अमेरिकी सैन्य कारबाहीका गोप्य दस्ताबेजहरु सन् २०१० मा सार्वजनिक गरेको आरोप छ। अमेरिकाले असान्जको यो कार्य अमेरिकी गुप्तचर ऐन विपरीत रहेको भन्दै असान्जमाथि अमेरिकामा मुद्दा चलाउन चाहेको छ।

अमेरिकाले ४८ वर्षीय अस्ट्रेलियाली नागरिक असान्जले अमेरिकी गुप्तचर विश्लेषक चेल्सी म्यानिङ मार्फत अमेरिकी गोप्य सूचना चोरेको आरोप लगाइरहेको छ।

विकिलिक्सले बुधबार ट्वीट गर्दै अमेरिकी न्याय विभागले जुलियन असान्जमाथि जबर्जस्ती मुद्दाहरु बनाउँदै लगेको बताएको छ।

असान्ज हाल दक्षिण लन्डनको सुरक्षा व्यवस्था निकै कडा रहेको बेलमार्श कारागारमा छन्। उनलाई अमेरिका सुपुर्दगी गर्ने विषयमा हाल बेलायती अदालतमा मुद्दा चलिरहेको छ।

उनले सन् २०१२ मा लन्डनस्थित इक्वेडरको राजदूतावासमा शरण लिएका थिए। तर उनलाई गत वर्ष बेलायत प्रहरीले राजदूतावासबाट निकालेर जेलमा राखेको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad