समाज


सरकारसँग रुष्ट बनेका चालकले प्रतिशोध साध्न जब बसलाई तालमा खसाए!

सरकारसँग रुष्ट बनेका चालकले प्रतिशोध साध्न जब बसलाई तालमा खसाए!

नेपालखबर
असार २९, २०७७ सोमबार १२:११,

गोइझाउ प्रान्तस्थित अनसुनको कृतिम तालमा यात्रुसहितको बस सडकबाट तल खसेको थियो।

गाओकाओ युनिभर्सिटीको इन्ट्रान्स परीक्षा दिनका लागि उक्त बसमा विद्यार्थीहरु चढेका थिए।

उक्त दुर्घटनामा चालकसहित २१ जनाको मृत्यु हुँदा १६ जना घाइते थिए। चालकले उक्त सडकखण्डमा सन् १९९७ देखि गाडी चलाउँदै आएका थिए।

दुर्घटनाको कारणबारे अनुसन्धान गर्दा यतिबेला प्रहरीले अविश्वसनीय निश्कर्ष निकालेको छ।

प्रहरीका अनुसार ५२ वर्षका झाङ थर भएका चालकले सरकारसँग बदला लिन उक्त गाडि जानीजानी तालमा खसाएका थिए।

एससीएमपीका अनुसार ‘स्यान्टी टाउन रिडिभलोपमेन्ट प्लान’ अन्तर्गत सरकारले उनी बस्ने गरेको समुदायको घर भत्काएको थियो।

Five of the fatalities were students sitting the national college entrance exams. Photo: Weibo

झाङले स्थानीय सरकारसँग स्थायी रुपमा उक्त क्षेत्रमा घर भाडामा लिएका थिए। तर पुनर्विकास योजना अन्तर्गत घर भत्काइने भएपछि झाङले सुरुमा आफूलाई बस्ने घर उपलब्ध गराउनुपर्ने माग गरेका थिए।

तर बासस्थानको व्यवस्था नभइकन घर भत्काइएपछि झाङ स्थानीय अधिकारीसँग रुष्ट बनेका थिए।

जुन ८ मा क्षतिपूर्ति प्राप्त गर्ने कागजपत्रमा उनले हस्ताक्षर गरेपनि उनी सरकारको कार्यबाट रुष्ट थिए। उनले क्षतिपूर्तिको लागि कुनै पहल नगरेको पनि बताइएको छ।

झाङले मदिरा सेवन गरी सरकारसँग प्रतिशोध साध्न जानाजान बसलाई तालमा खसाएपछि उक्त दुर्घटना भएको प्रहरीको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad