समाज


नेदरल्याण्ड्सको सैनिक हेलिकप्टर समुद्रमा खस्दा दुई व्यक्तिको मृत्यु

नेदरल्याण्ड्सको सैनिक हेलिकप्टर समुद्रमा खस्दा दुई व्यक्तिको मृत्यु

नेपालखबर
साउन ५, २०७७ सोमबार १०:११,

उड्नासाथ भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

मन्त्रालयले उक्त हेलिकप्टर आरुबाबाट आइतबार अपराह्न छिमेकी द्वीप कुराकाओका लागि उडेको जनाएको छ। आरुबा नेदरल्याण्ड्सको स्वामित्वमा रहेको क्यारेबियन द्वीप हो।

डच सेनाका प्रमुख रब बाउरले हेलिकप्टरमा सवार चार जनामध्ये दुई जनाको मृत्यु भएको र दुई जना सकुशल रहेको जानकारी दिए।

हेलिकप्टर दुर्घटनाको कारण भने अझै खुलेको छैन। डच सैनिकहरुले हेलिकप्टरको ब्ल्याक बक्स खोजी कार्य शुरु गरेका छन्।

सेना प्रमुख बाउरले दुर्घटनाका सम्बन्धमा छानबिन शुरु भइसकेको जानकारी दिएका छन्। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad