समाज


२० हजार इन्जिनियरहरुको दुर्घटना बीमा गरिँदै

२० हजार इन्जिनियरहरुको दुर्घटना बीमा गरिँदै

नेपालखबर
साउन २, २०७६ बिहिबार १०:१३,

नेपाल इन्जिनियर्स एशोसिएसनले साउन २ र ३ गते ५७ औँ इन्जिनियर दिवस मनाउने भएको छ। इन्जिनियर दिवसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

काठमाडौको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह र काठमाडौं बाहिर प्रदेश राजधानीस्थित एशोसिएसनका प्रादेशिक कार्यालयहरु धनगढी, सुर्खेत, बुटवल, पोखरा, हेटौंडा, जनकपुर र विराटनगरमा समेत विविध कार्यक्रम गरी उक्त दिवस मनाउन लागिएको एशोसिएसनका अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्यले जानकारी दिए।

यस वर्षको इन्जिनियर दिवसको मूल नारा ‘समृद्ध नेपाल निर्माणका लागि इन्जिनियरिङ सेवा’ तय गरेको जानकारी दिएको छ।

अध्यक्ष बज्राचार्यका अनुसार इन्जिनियर समुदायको तर्फबाट समाज तथा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्याएका इन्जिनियर/आर्किटेक्ट तथा संस्थालाई लाईफ टाईम एचिभमेन्ट अवार्ड, डिस्टिंग्युस्ड अन्टरप्रन्युरसिप अवार्ड, सहिद ई. नवराज बिष्ट स्मृति अवार्ड, आउटस्ट्याण्डिङ् युथ प्रोफेशनल अवार्ड, आउटस्ट्याण्डिङ वुमेन ईन्जिनियर अवार्ड, र ईन्जिनियर्स एप्रिसिएशन अवार्ड गरि विभिन्न ६ विधामा अवार्ड पनि प्रदान गरिने छ।

इन्जिनियर दिवसबारे जानकारी दिन बिहीबार आयाेजित एक कार्यक्रममा अध्यक्ष बज्राचार्यले मुलुकमा प्राविधिक जनशक्तिको सेवाको सम्मान तथा दक्षताको उचित सम्बोधन नगरेसम्म मुलुकको पूर्वाधारलगायत आर्थिक तथा सामाजिक विकास संभव नभएको जिकिर गरे ।

एशोसिएनका अनुसार २० हजार इन्जिनियरको ५० लाख रुपैयाँको दुर्घटना बीमा गरिने भएको छ।

नेपालमा हाल करिव ५२ हजार इन्जिनियरहरु रहेको सरकारी तथ्यांक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad