समाज


फेरि जोर विजोर प्रणाली लागू हुने

फेरि जोर विजोर प्रणाली लागू हुने

नेपालखबर
साउन १८, २०७७ आइतबार ११:१९,

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकामा संक्रमण फैलन नदिन फेरि जोर विजोर प्रणाली लागू गर्न लागिएको जानकारी दिएका छन्।

काेराेना संक्रमण फैलिन नदिन सरकार नयाँ रणनीति अनुसार अगाडि बढ्न लागेको मन्त्री ढकालले बताए। बाहिरि जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जाने लगायतका विषयलाई अगाडि बढाइने उनले जानकारी दिए।

अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत उनले रहन आग्रह गरे।

आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्वारेन्टिनमा राख्ने व्यवस्थापनमा हामीले जोड दिनुपर्छ। दोस्रो, गाडी चलाउने कुरामा पनि भरममग्दुर भन्दा पनि जोर बिजोर प्रणालीको कुरा गरियो भने त्यसले एकहदसम्म आवस्यकतालाई पनि पूर्ति गर्न सक्छ। अति आवश्यक भएको ठाउँमा हामीले पीसीआर टेस्टको निम्ति स्वाब कलेक्सन गर्ने निकायलाई अझ प्रभावकारी र व्यवस्थित बनाउनुपर्छ।’

उनले काठमाडौंमा कोरोना संक्रमण फैलियो भने डढेलो जस्तो हुने र विस्फोटक रुप लिने बताए।

‘जनसंख्या सघन मात्रामा रहेको काठमाडौंमा आगो सल्कियो अथवा डढेलो लाग्यो भने त्यो डढेलो निभाउने कुरा अरु बाहिर गाउँमा अथवा सानो सहरमा भएको भन्दापनि यो विस्फोटक हुन सक्छ’ उनले भने।

सरकारले लागू गरेका नियम र मापदण्डहरुलाई पालना नगर्दा फेरी संक्रमणको स्थिति बढ्ने अवस्थामा देखिएको उनले बताए। लकडाउन खुकुलो भएपछि मानिसहरुको चहलपहल बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको उनको भनाई थियो। काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको उनले बताए।

सरकारले लागू गरेका नियम र मापदण्डहरुलाई पालना नगर्दा फेरी संक्रमणको स्थिति बढ्ने अवस्थामा देखिएको उनले बताए। लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको उनको भनाइर्ए थियो। काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको उनले बताए।

उनले संक्रमण बढी देखिएका जिल्लाहरुलई अनुगमन र मूल्यांकन गरी कडाई गर्ने र जिल्ला स्तरीय लकडाउनलाई कार्यान्वयन गर्ने कुरामा सरकारले जोड दिएको बताए।

लकडाउन भन्दा अघि कोरोना संक्रमणको अवस्थालाई लिएर सबैमा भय र त्रास रहेको र लकडाउनमा सबै नागरिकले साथ दिएकाले नियन्त्रण र व्यवस्थापनामा केही हद सम्म सफल भएको बताए। तर लकडाउन खोलेपछि मानिसहरुले सुरक्षा सावधानीहरुलाई उलङ्घन गरेकाले स्थिति खराब बन्दै गएको उनले बताए।

उनले भने, ‘अहिले लकडाउन अलि खुकुलो गरेपछि र पछिल्लो दिनमा करिब २० हजार भन्दा माथि संक्रमणको स्थिति पुग्दाखेरी अब यो केही होइन रहेछ, कोरोना हाम्रो देशमा छैनकी जस्तो गरेर, हामीले अपनाउनुपर्ने सुरक्षा सावधानीहरुका कुराहरुलाई चाहि उलङ्घन गरियो भने यसले जुनकुनै बेलापनि हामीलाई विस्फोटको स्थितिमा पु-याउन सक्छ।’

मन्त्री ढकालले सीमा बाहिरबाट आउने वयक्तिहरुलाई होल्डिङ क्वारेन्टाइनमा राख्ने र परीक्षण गराउने काम भएको र विदेशबाट प्लेनमा आउनेहरुलाई पनि ५ दिन सम्म काठमाडौंमा राखेर परीक्षण गरेपछि मात्रै स्थानीय क्वारेन्टाइनमा पठाउने व्यवस्था गरिएकाले त्यो जोखिम कम रहेको बताए

मन्त्री भानुभक्त ढकालले दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा सरकारसँग रहेको पनि जानकारी दिए। सरकारले परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारी स्वरुप दैनिक १८ हजार परीक्षण गर्न सक्ने क्षमताको विकास गरेको मन्त्री ढकालले बताए । मन्त्री ढकालले सरकारले दैनिक १८ हजार जनासम्मको परीक्षण गर्न आवस्यक सबै सामग्रीलाई तयारी अवस्थामा रोखेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad