समाज


‘अमेरिकामा अहिले फैलिरहेकाे कोरोना भाइरस पहिलेको भन्दा झनै खतरनाक!’

‘अमेरिकामा अहिले फैलिरहेकाे कोरोना भाइरस पहिलेको भन्दा झनै खतरनाक!’

नेपालखबर
साउन १९, २०७७ सोमबार ०:३१,

अमेरिकामा कोरोना महामारी झन् खतरनाक हुँदै गएको ह्वाइटहाउस कोरोना भाइरस टास्क फोर्सका संयोजक डा. डेबोरा ब्रिक्सले बताएकी छन्।

आइतबार ‘स्टेट अफ युनियन’मा बोल्दै उनले अहिलेको कोरोना भाइरस वर्षको सुरुवातमा देखिएको भन्दा अझ बढी फैलिने घातक खालको रहेको चेतावनी दिएकी हुन् ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनसँग उनले भनेकी छन्, ‘अहिलेको स्थिति मार्च-अप्रिलको भन्दा फरक छ।कोरोना भाइरस निकै फरक ढंगले फैलिरहेको छ। यो सहरमा जस्तै ग्रामीण भेगमा पनि उत्तिकै फैलिरहेको छ।’ 

तसर्थ अमेरिकी नागरिकले मास्क लगाउने, शारीरिक दूरी कायम गर्नेजस्ता सावधानीका उपाय अपनाउर्ने पर्नेमा डा. ब्रिक्सले जोड दिएकी छन्।

‘सहरबाहिरका क्षेत्रमा बस्ने हरेक व्यक्ति, तपाईंहरू यो भाइरसबाट बच्ने अवस्थामा हुनुहुन्न,’ उनले भनेका छन्, ‘तपाईंहरू संयुक्त परिवारमा हुनुहुन्छ र तपाईं बसोबास गर्नुभएको क्षेत्र वा सहरमा महामारी फैलिएको छ भने अनि घरमा कोही बहुस्वास्थ्य समस्या भएका छन् भने तपाईंले आफूलाई कोरोना पोजेटिभ छु भन्ने ठानेर घरमा समेत अनिवार्य रूपमा मास्क लगाउनुपर्छ।’

उनले अगाडि भनेकी छन्, ‘अहिलेको कोरोना महामारी फरक खालको छ र यो गाउँ तथा सहर दुवै क्षेत्रमा व्यापक रूपमा फैलिन खालको छ।’

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले यसअिघ नै अगामी अगस्ट २२ सम्ममा कोरोना संक्रमणका कारण त्यहाँ १ लाख ७३ हजार व्यक्तिको मृत्यु हुन सक्ने आकलन गरिसकेको छ।

यस्तै अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेटर डा. स्कट गोट्लिएबले पनि गत महिना अमेरिकाले आफ्ना तौरतरिका परिवर्तन गरेन भने यो वर्षको अन्त्यसम्मा करिब ३ लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी दिइसकेका छन्।

कोरोना संक्रमणदर उच्च छ र समुदायस्तरमा यो फैलिरहेको छ भने हामीले यो महामारी नियन्त्रण गर्न मानिसलाई बारमा नजाउm, घरमा पार्टी नगर, धेरै जमघट हुने उत्सव नमनाऊ तथा दूरुशिक्षा अपनाऊ भनिरहेका छौं,’ डा. ब्रिक्सले भनेकी छन्।

कोरोना महामारीबाट विश्वमा सबैभन्दा पीडित अहिले अमेरिका नै हो। वर्ल्डओमिटरका अनुसार सोमबार बिहान ६ः२० बजेसम्म त्यहाँ कोरोना संक्रमितको संख्या ४८ लाख १३ हजार ६४० पुगिसकेकेको छ भने तीमध्ये १ लाख ५८ हजार जनाको त ज्यान गइसकेको छ। यस्तै संक्रमितमध्ये अहिलेसम्म २३ लाख ८० हजार १४६ जना निको भएको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ। एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad