समाज


कोरोना महामारीकाबीच आज तीज पर्व मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले यस्तो दिए शुभकामना

कोरोना महामारीकाबीच आज तीज पर्व मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले यस्तो दिए शुभकामना

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार ३:५६,

आज हरितालिका अर्थात् तीज पर्व। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज हिन्दू धर्माबलम्बी महिलाले महादेवको पूजा आराधना गरी मनाउने गर्छन्।

तीजमा शिवको पूजा आराधना गरेपछि शिव मन्दिरहरुमा नाचगान गरेर रमाइलो गर्ने परंपरा छ। तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण तीजमा सामूहिक भेला हुन सरकारले रोक लगाएको छ। काठमाडौंको पशुपतिनाथसहित देशैभरीका शिव मन्दिर अहिले बन्द अवस्थामा छन्।

नेपाली महिलाहरुले यस वर्ष सामुहिक जमघट नगरी आ-आफ्नै घरमा बसेर तीज पर्व मनाउँदै छन्।

यसैबीच तीज पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन्।

राष्ट्रपति भण्डारीको शुभकामनामा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै तीज पर्व मनाउन आग्रह गरिएको छ।

त्यसैगरी प्रधामन्त्री ओलीले शुक्रबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘यस बर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ। त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन। विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ।’

ओलीले महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्त्व दिन सबैमा विशेष अनुरोधसमेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad