समाज


खुकुरी प्रहार गरी श्रीमानको हत्या

खुकुरी प्रहार गरी श्रीमानको हत्या

नेपालखबर
असोज १३, २०७७ मंगलबार १४:५४,

दोलखामा श्रीमतीको खुकुरी प्रहारबाट एक पुरुषको ज्यान गएको छ।

शैलुङ गाउँपालिका ८ मानागाउँका ५२ वर्षीय हस्तनारायण श्रेष्ठको सोमबार राति श्रीमतीसँगको झगडामा ज्यान गएको हो।

४७ वर्षीय दुर्गामाया श्रेष्ठले कुखुरी प्रहार गरी हस्तनारायणको हत्या गरेको प्रहरीले जनाएको छ। घरायसी बिवादका क्रममा दुर्गामायाले खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो।

प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले एउटा खुकुरी र एउटा कोदालोसहित दुर्गामायालाई पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad