समाज


जब विवाहकै दिन दुलहीको रिपोर्ट कोरोना पोजिटिभ आयो...

जब विवाहकै दिन दुलहीको रिपोर्ट कोरोना पोजिटिभ आयो...

नेपालखबर
मंसिर २२, २०७७ सोमबार ०:५३,

भारतको राजस्थानमा पर्ने बारां जिल्लामा अनौठो तरिकाले विवाह गरिएको छ। कोभिड उपचार केन्द्रमा मण्डप बनाएर विवाह गरिएको हो।

दुलहा–दुलही, उनका परिवार तथा पण्डितले पीपीई किट लगाएर वैवाहिक प्रक्रिया पूरा गरेका हुन्।

वास्तवमा केलवाडा कस्बेस्थित एक घरमा विवाहको तयारी भइरहेको थियो। त्यही दिन बेहुली र उनकी आमाको रिपोर्ट कोरोना पोजिटिभ आएका हुन्।

त्यसपछि केटीको परिवारलाई लाग्यो कि अब विवाहका सारा कार्यक्रम रोक्नुपर्छ। जन्ती कसरी आउने? कसरी विवाह गर्ने? केटी पक्षले स्थानीय अधिकारीलाई यो कुरा बतायो।

त्यसपछि स्थानीय कोभिड उपचार केन्द्रमै मण्डप बनाउने निर्णय भयो। अनि बेहुला, बेहुली, बुबा, आमा, पण्डित सबैले पीपीई किट लगाए। यसपछि वैवाहिक संस्कार पूरा गरियो। तर विवाहमा अन्य आफन्त सहभागी हुन सकेनन्। बरु कोभिड उपचार केन्द्रका डाक्टर र कर्मचारी सहभागी भए।

छतरंग निवासी युवती र दान्ताका एक शिक्षकबीच विवाह गर्ने निधाे भएको थियो। केटीको परिवारका केही सदस्यले २ दिनअघि कोरोना परीक्षणका लागि नमुना दिएका थिए। तर विवाहकै दिन केटी र उनकी आमामा कोरोना पुष्टि भएको हो। त्यसपछि सुरक्षित ढंगले विवाह गरिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad