समाज


उत्तर कोरियाली सेना भागेर दक्षिण कोरिया पुगे

उत्तर कोरियाली सेना भागेर दक्षिण कोरिया पुगे

नेपालखबर
साउन १६, २०७६ बिहिबार ७:८,

कडा सुरक्षाव्यवस्था भएको दुई देशको सीमा पार गर्दै दक्षिण कोरिया प्रवेश गरेका एक उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिइएको दक्षिण कोरियाली सेनाले बताएको हो।

दक्षिण कोरियाले जडान गरेको विशेष खालको थर्मल इमेजिङ उपकरणमा ती सैनिक बुधवार राति सो क्षेत्रमा आएको पत्ता लागेको थियो।

दक्षिण कोरियाको सेनाका अनुसार परिचय स्पष्ट नभएका ती उत्तर कोरियाली सैनिकले शरण लिने इच्छा देखाएका छन्।

दर्जनौँ मानिसहरू प्रत्येक वर्ष उत्तर कोरिया छोडेर भाग्छन्। तर डीएमजेड भनिने कडा सुरक्षा व्यवस्था भएको असैनिकीकृत क्षेत्र पार गरेर भाग्ने घटना अतिदुर्लभ र धेरै खतरनाक हो।

सन् २०१७ काे घटना

सन् २०१७ को नोभेम्बरमा भागेर दक्षिणतिर जना लागेका एक सैनिकलाई उनका सहकर्मीहरूले ४० चोटि गोली हानेका थिए।

डीएमजेडको दुईपट्टि दुवै देशका हजारौँ सैनिकहरू खटेका हुन्छन्। कोरियाली प्रायः द्वीपको पश्चिममा उत्तर कोरियाबाट बगेर दक्षिणतिर आएको इम्जिन नदीनजिकै बुधवार मध्यरातपछि ती सैनिकलाई पहिलो पटक देखिएको जनाइएको छ।

त्यसपछि दक्षिण कोरियाली सैनिकहरूले उनलाई आफ्नो नियन्त्रणमा लिए। यो घटना दक्षिण कोरियाले मध्यम दुरीका दुई क्षेप्यास्त्र प्रक्षेपण गरेको भोलिपल्ट भएको हो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad