ललितपुर महानगरले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड आर्थिक सहयोग गरेको छ।
मंगलबार एक कार्यक्रमका बीच पाटन अस्पताललाई ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जनले चेक हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा मेयर महर्जनले अस्पतालले महानगरबासीलाई पुर्याएको सहयोगको लागि महानगरले थोरै भए पनि सहयोग गर्न पाएकोमा सन्तोष मिलेको बताए। सहयोगको सिलसिला बल्ल सुरु भएको भन्द मेयर महर्जनले आगामी दिनमा निरन्तर सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत रहेको पाटन अस्पताल पुरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ । यस अस्पताल अन्तरगत रहेको स्याटलाइट अस्पतालहरुले देशैभरी सेवा दिइरहेका छन्।

प्रतिक्रिया